
बेलायती गृहमन्त्री प्रिती पटेलले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएकी छन् । गृह मन्त्रालयका अनुसार असान्जसँग फैसलाविरुद्ध अपिल गर्न १४ दिनको समय छ।विकिलिक्सले ट्वीटमार्फत यो निर्णयलाई बेलायतमा प्रेस स्वतन्त्रता र प्रजातन्त्रका लागि कालो दिनको संज्ञा दिएको छ। जुलियन असान्जले अमेरिकामा १ सय ७५ वर्षको सामना गर्नुपर्नेछ ।
विकिलिक्सले जारी गरेको विज्ञप्तिमा जुलियन असान्जको स्वतन्त्रताको बाटो लामो र कठिन रहेको उल्लेख गरिएको छ । आज लडाइँको अन्त्य होइन। यो नयाँ कानुनी लडाइँको सुरुवात मात्र हो। हामी कानुनी बाटोमा उच्च अदालतमा पुनरावेदन गर्नेछौँ। हामी सडकमा कडा सङ्घर्ष गर्नेछौँ, हामी एकजुट भएर जुलियनको कथा सबैलाई सुनाउनेछौँ।
अमेरिकाले लामो समयदेखि जुलियन असान्जमाथि मुद्दा चलाउन माग गर्दै आएको छ । सन् २०१० मा, विकिलिक्सले धेरै अमेरिकी सैन्य गुप्तचर कागजातहरू प्रकाशित गरेको थियो । जुलियन असान्ज हाल लण्डनको जेलमा छन् । यसअघि उनले लण्डनस्थित इक्वेडरको दूतावासमा सात वर्ष बिताएका थिए ।एजेन्सी






