
संयुक्त राष्ट्रसङ्घ, संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले मालीका राष्ट्रपति इब्राहिम बौबाकर केयटालाई तुरुन्त रिहा गर्न आग्रह गरेका छन । उनलाई मालीको सेनाले नियन्त्रणमा राखेको बताएका छन
। उनले भने सो नियन्त्रणबाटै आफूले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन ।
सेनाको नियन्त्रणमा राखिएका उहाँलाई जतिसक्दो चाँडो र विना शर्त मुक्त गर्न महासचिव गुटर्रेसले माग गर्नुभएको महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महासचिव गुटर्रेसले मालीको सेनाले उठाएको कदम पनि संविधान विपरीत भएको बताएका छन । सो विज्ञप्तिमा मालीको सेनालाई यस्तो गैर संवैधानिक कदमलाई तुरुन्त फिर्ता गर्न र त्यहाँका राष्ट्रपतिलाई सेनाको नियन्त्रणबाट मुक्त गर्न भनिएको छ । उता राष्ट्रपति इब्राहिम बौबाकरले भने मुलुकमा रक्तपात हुन नदिनका लागि आफूले राजीनामा दिएको बताएका छन । अल जजिराद्वारा प्रेषित समाचारमा सो कुरा उल्लेख गरिएको छ ।







