
ढाका, बंगलादेशको चट्गाउँको एक कन्टेनर डिपोमा आगलागी हुँदा ३३ जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त आगलागीमा परी ३३ जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बंगलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा गए राति करिब १०: १५ बजे कन्टेनर डिपोमा आगलगाी भएको थियो ।
यसैगरी चटगाउँ मेडिकल कलेज अस्पताल (सीएमसीएच) प्रहरी चौकीका सहायक उपनिरीक्षक (एएसआई) अलाउद्दीन तालुकदारले आइतबार बिहान १०:१५ बजेसम्म यस घटनामा ३३ जनाको ज्यान गएको बताएका छन् । हाल अधिकारीहरूले उद्धारको काम जारी छ ।







