
नयाँदिल्ली, छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा एक व्यापारिक भवनमा आगलागी हुँदा मर्नेहरूको संख्या २७ पुगेको छ । मुण्डाकास्थित पश्चिमी रेलवे स्टेशसन नजिकैको चारतले भवनमा शुक्रबार राति आगलागी भएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीबाट दर्जनौं मानिस घाइते भएका छन् भने मर्नेहरूको संख्या झनै बढ्न सक्ने अनुमान गरिएको छ।
आगलागीको समयमा सो भवनभित्र करिब दुई सय मानिस रहेको र तीमध्ये अधिकांशले भवनबाट हाम फालेर आफ्नो ज्यान जोगाएको बताइएको छ
साँघुरो गल्ली र ट्राफिक जामका कारण उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन ।
भवनका मालिक हरिस गोयल र वरुण गोयलविरुद्ध अनुसन्धान अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ।







