
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमणको गति तीव रुपमा फैलिएको जनाएको छ ।
डब्लूएचओका अनुसार पछिल्लो हप्ताको तथ्यांक अनुसार विश्वमा हरेक तीन सेकेण्डमा एक सय जना कोरोना संक्रमित हुने गरेको र हरेक १२ सेकेण्डमा एक जनाले ज्यान गुमाउने गरेका छन् ।
यसैगरी डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेसियसले ओमिक्रोनलाई कोरोना महामारीको अन्तिम भेरियन्ट सम्झिनु खतरनाक हुनसक्ने बताउँदै हरेक सेकेण्डमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु हुने गरेको बताएका छन् ।
राष्ट्रसंघको हेल्थ एजेन्सी एक्जेक्युटिभ बोर्ड बैठकमा उनले महामारीबाट बच्न विभिन्न उपाय अपनाए यो वर्षको अन्तिमसम्ममा महामारी अन्त्य हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।एजेन्सी







