अमेरिकी अन्तरिक्ष यात्री जेसिकाले अन्तरिक्ष स्टेशनको इतिहास रचीन्

अमेरिकी अन्तरिक्ष यात्री जेसिका वाटकिन्सले अन्तरिक्ष स्टेशनको इतिहास रचेकी छन् । इलोन मस्कको रकेट कम्पनी स्पेसएक्सले हिजो बिहान थप चार अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा प्रक्षेपण गराएको हो ।अन्तरिक्ष यात्रामा रहेका चारमध्ये जेसिका वाटकिन्स अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा विस्तारित मिसनमा सहभागी हुने पहिलो अश्वेत महिला बन्नुभएको छ ।
क्रु ड्र्यागन नाम दिइएको सो मिसनमा सहभागी वैज्ञानिकहरुले वैज्ञानिक परीक्षण र अन्तरिक्ष स्टेसनको मर्मत गर्नेछन् । प्रतिरक्षा प्रणालीमा उमेरको प्रभाव, जैविक सामग्रीको ठोस विकल्पहरु लगायतका विषयमा मिसनले अध्ययन गर्ने नासाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्