September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

रुसी फौजले महत्त्वपूर्ण उपलब्धि गर्न नसकेको यूके गुप्तचर निकायको भनाइ

यूकेको रक्षा मन्त्रालय अन्तर्गतको गुप्तचर निकायले “विभिन्न गतिविधि बढाइएको भए पनि गत २४ घण्टामा रुसी फौजले युक्रेनमा कुनै ठूलो उपलब्धि हात नपारेको” उसको पछिल्लो रिपोर्टमा जनाएको छ।

उसले भनेको छ, “रुसी हवाई र नौसेनाले युक्रेनको हवाई र समुन्द्री रक्षा प्रणालीको प्रभावकारी प्रतिकारका कारण युक्रेनको हवाई र समुन्द्री रक्षा प्रणाली दुवैतर्फ नियन्त्रण जमाउन सकेको छैन त्यसैले उपलब्धि हात पार्ने क्षमता ह्रास भएको छ।”

“दक्षिण पूर्वी युक्रेनमा रहेको मारिऊपोलमा नियन्त्रण जमाएको दाबी गरे पनि त्यहाँ सघन लडाइ भइरहेकाले उक्त शहरमाथि नियन्त्रण कायम राख्ने रुसी प्रयत्न निराशाजनक देखिएको छ।”गुप्तचर निकायले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रुसले चाहेको जस्तो प्रगति हुन नसकेको बताएको छ। bbc

शीर्ष समाचार

धेरै पढिएको