February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

अफगानिस्तानको विद्यालयमा बम विस्फोट हुँदा छ जनाको मृत्यु

काबुल, अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोटन गराएका छन् । घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो ।

यस्तै दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । त्यो पनि विद्यालय नजिकै भएको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको