September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

स्वीडेन र फिनल्याण्ड नेटोमा संलग्न भए आणविक हतियार पठाउने रुसको चेतावनी

मस्को, रुसले स्वीडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोमा संलग्न भए बाल्टिक क्षेत्रमा आणविक हतियार पठाउने चेतावनी दिएको छ ।

पछिल्लो समय स्वीडेन र फिनल्याण्डले छिट्टै नेटोमा जोडिने निर्णय गर्ने बताईरहेको बेला रुसको सुरक्षा परिषदका उपाध्यक्ष समेत रहेका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले यस्तो चेतावनी दिएका हुन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्वीडेन र फिनल्याण्ड नेटो सदस्य बनेमा रुसले आणविक हतियार र हाईपरसोनिक मिसाइलहरु बाल्टिक क्षेत्रमा तैनाथ गर्ने भन्दै मेदभेदेवले त्यसपछि आणविक मुक्त बाल्टिक क्षेत्रको विषयमा वार्तासमेत नहुने बताएका छन ।

यसैगरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी समेत रहेका मेदभेदेवले स्वीडेन र फिनल्याण्डलाई आफ्नै आँगनमा आणविक हतियारको भारी देखेर बाँच्ने अवस्था नल्याउन पनि चेतावनी दिएका हुन ।

यसरी रुसले आफ्नो भूमि रक्षाका लागि आणविक हतियार र हाइपरसोनिक मिसाइल सहित आफ्नो जल तथा हवाई सेनालाई बाल्टिक क्षेत्रमा तैनाथ गर्ने चेतावनी पनि उनले दिएका छन ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको