February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

रुसद्वारा ३९८ अमेरिकी कांग्रेस सदस्यलाई प्रतिबन्ध

मस्को, रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यहरूलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको विदेश मन्त्रालयले बुधबार जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले मार्च २४ मा राज्य डुमाका ३२८ सांसदहरू विरुद्ध लगाएको रुस विरोधी प्रतिबन्धको अर्को लहरको प्रतिक्रियाको रूपमा थप ३९८ जनामाथि प्रतिबन्ध लगाइएको जनाइएको छ ।

रुस युक्रेन युद्धको बीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई तोपखाना र हेलिकप्टर सहित नयाँ सैन्य सहायतामा ८०० मिलियन अमेरिकी डलर अनुमोदन गरेपछि रुसके यस्तो निर्णय गरेको हो ।

यसबाहेक रुसले क्यानडाको सिनेटका ८७ सदस्यमाथि पनि प्रतिबन्ध लगाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको