September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

रुससँग वार्ता, युक्रेनको अडान कायमै

किभ, रुसद्वारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका शर्तहरु कुनै पनि हालतमा परिवर्तन नहुने अडान राख्नुभएको छ । उहाँले युक्रेनले रुससँग वार्ता गर्ने तर पनि आफूले यसअघि राख्दै आएका अडानहरुका बारेमा कुनै परिवर्तन नहुने बताउनुभएको हो ।

रुससँगको वार्ताका लागि युक्रेनद्वारा गठित युक्रेनी वार्ता टोलीका संयोजक डेभिड अरखमानियाले सो धारणा राख्नुभएको हो । उहाँले मङ्गलबार ट्वीट गर्दै भन्नुभएको छ– हामी स्तानबुलमा भएका सम्झौताहरुका बारेमा अडिग छौँ र हामी त्यसमा कुनै परिवर्तन गर्ने पक्षमा छैनौँ ।

अहिले रुसका पक्षबाट विभिन्न शर्तहरु आएका र स्तानबुल सम्झौताको पनि अलग्गै व्याख्या गर्न खोजिएको पाइएकाले यदि त्यस्तो भयो भने त्यसले उक्त सम्झौता समेत भङ्ग हुने त्रास रहेको पनि बताउनुभयो । उहाँले युक्रेन पहिल्यैदेखि आफ्ना अडानहरुमा स्पष्ट रहेको र अहिले आएर ती सम्झौतालाई फेरबदल गर्ने पक्षमा नरहेको पनि उहाँले बताउनुभएको छ ।

शीर्ष समाचार

धेरै पढिएको