September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

रुस,युक्रेन युद्ध : युक्रेनको ४५ प्रतिशत र रुसको ११ प्रतिशत अर्थतन्त्र खुम्चने आँकडा

रुस र युक्रेन वीच जारी युद्धले युक्रेनको अर्थतन्त्र करिब ४५ प्रतिशतले सङ्कुचित हुने विश्व ब्याङ्कले प्रक्षेपण गरेको छ।त्यहाँ शासन व्यवस्था कायम राख्न र युध्दको कारण समस्यामा परेका मानिसहरूलाई राहत दिन तत्काल ठूलो परिमाणमा वित्तीय सहयोगको खाँचो भएको पनि विश्व बैकले जनाएको छ। यसैलाई मध्यनजर गरेर विश्व ब्याङ्कले युक्रेनलाई एक अर्ब डलर सहयोग दिइसकेको छ भने आगामी महिना थप २ अर्ब डलर उपलव्ध गराउने बताएको छ।

युक्रेनले विश्वभरि नै गहुँ र सूर्यमुखीको तेल निर्यात गर्ने गरेकोमा अहिले निर्यात ठप्प हुदा विश्वभरिनै खाद्यान्नको मूल्यवृद्धि हुने बताइएको छ। अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरूको कारण रुसको अर्थतन्त्र पनि ११ प्रतिशतले खुम्चने विश्व ब्याङ्कले बताएको छ। साथै बेलारुस, किर्गिज्स्तान, मोल्दोभा, र ताजिकिस्तानमा पनि आर्थिक मन्दी आउने विश्व बैकले प्रक्षेपण गरेको छ।

यसैबीच, उत्तर पूर्वी खार्किभ क्षेत्रमा भएको रुसी गोलाबारीका कारण बालबालिकासहित १० जनाको ज्यान गएको बताइएको छ।

शीर्ष समाचार

धेरै पढिएको