
काठमाडौं, पछिल्लो समय किभ–युक्रेनमा रुसी आक्रमणपछि अस्थायी रूपमा पोल्याण्डबाट गर्दै आएको आफ्ना कूटनीतिक कार्य फेरि राजधानी किभबाट गर्ने युरोपेली युनियनले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ईयूको पछिल्लो कदमले युक्रेनी सरकारसँग ईयूको अन्तरक्रियालाई बढाउने र युक्रेनी नागरिकहरूलाई सहयोग गर्ने शीर्ष कूटनीतिज्ञ जोसेप बोरेलले विश्वास व्यक्त गरेका छन् ।
यसैगरी युक्रेनमा रुसले २४ फेब्रुवरीमा हमला गरेपछि केही पश्चिमा देशहरुले आफ्ना कूटनीतिक नियोग बन्द गरेर कर्मचारीलाई स्वदेश बोलाएका थिए । रुसले आफ्नो हमला पूर्वी युक्रेनमा केन्द्रित गरेको छ ।एजेन्सी






