
इस्लामावाद, पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद विघटन गरेका छन् । प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उनले आइतबार सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार संसद् विघटनसँगै उनले अबको ९० दिन भित्र निर्वाचन गर्ने घोषणा पनि गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसैगरी प्रधानमन्त्री खानले संसद्मा आफू विरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गरेका छन् ।
विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उनले बताएका छन् । पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उनले नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान समेत गरेका छन् ।एजेन्सी







