
सिन्सिनाटी, अमेरिकाको सिन्सिनाटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार आइतबार राति १२.३० बजे शहरको अभोन्डेलमा गोली लागेर २१ वर्षीय एन्टोनियो ब्लेयरको ज्यान गएको थियो । शहरका अन्य भागमा गोली लागेका अरु तीन जनाको पनि युनिभर्सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।
स्थानीय संचारमाध्यहरुले आपराधिक गिरोहबाट भएका यी घटनाहरु शहरका अलग अलग ठाउँमा भए पनि निकै डरलाग्दो देखिएको बताएका छन् ।
सहायक प्रहरी प्रमुख पल नुडिगेटले उक्त घटनाहरुका बारेमा अनुसन्धान भइरहेको बताएका छन
। सिन्सिनाटीका प्रहरी प्रमुखले हिंसा नियन्त्रणका लागि पर्याप्त सहयोग गर्न स्थानीयवासीसँग आग्रह गर्नुभयो । हिंसा नियन्त्रणमा हामी केही गर्न सक्दैनौं भनेर आमनागरिक चुप लागेर बस्न नहुने उहाँको भनाई थियो ।





