
नबेयल, पछिल्लो समय ट्युनिसियाको उत्तरी समुद्री किनार नबेयलमा अवैध आप्रबासीहरुको शव भेटिने क्रम जारी छ । शनिबार पनि थप आठ शव भेटिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार समेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शब भेटिएको छ । त्यहाँको स्थानीय रेडियो सेम एफएमले दिएको जानकारी अनुसार यसअघि गत शुक्रबार ट्युनिसियाको सो समुद्री किनारामा १२ ओटा शव भेटिएको थियो ।
यसैगरी ट्युनिसियाको उक्त समुद्री किनार युरोप जाने आप्रबासीहरुले प्रयोग गर्ने गरेको एक मुख्य नाका पनि हो ।
उनीहरु अवैध रुपमा युरोप प्रवेश गर्ने क्रममा सो क्षेत्रमा पुगेका र दुर्घटनामा परेका अनुमान गरिएको ट्युनिसियाली प्रहरीले जानकारी दिएको छ ।एजेन्सी







