
अमेरिकाले युक्रेनका लागि पठाउन लागेको नयाँ सहायता सामाग्रीहरूमा २५,००० थान शारीरिक आक्रमण रोक्न बनाइएको सुरक्षा कवच, हेलमेटदेखि राइफल र ग्रिनेडहरू, हजारौँ अन्य ट्याङ्क प्रतिरक्षात्मक अस्त्र र दुई करोड राउन्डभन्दा बढी गोलाबारुदसहितको सैन्य उपकरणहरू समावेश छन्।
जाभलिन क्षेप्यास्त्रबाहेक सर्वाधिक शक्तिशाली अस्त्रहरूमा ८०० स्टिङ्गर लडाकु विमान प्रतिरक्षात्मक प्रणालीहरू समाविष्ट छन्। उक्त प्रणाली अफगानिस्तानमा सोभियत विमानहरूलाई प्रहार गर्न प्रयोग गरिएको थियो।
अमेरिकाले १०० वटा “रणनीतिक मानवरहित हवाई प्रणाली” वा साना ड्रोन पठाउने योजना बनाएको छ। ती ड्रोनहरू हातैले प्रहार गरिन्छन् र भिर्ने झोलामा अट्ने आकारको हुन्छन्।
सैनिकहरूले तिनीहरूलाई युद्धको मैदान बाहिर निगरानी गर्न वा केही अवस्थामा आक्रमण गर्न प्रयोग गर्न सक्छन्।तिनीहरूलाई हवाई बमको रूपमा प्रयोग गर्न सकिन्छ जसलाई टाढैबाट लक्ष्यसम्म प्रहार गर्न सकिन्छ।
राष्ट्रपति बाइडनले बुधवार घोषणा गरे अनुसार युक्रेनमा अमेरिकी सैन्य सहायताको रकम गत साता मात्रै एक अर्ब अमेरिकी डलर रहेको थियो।
उक्त रकम सन् २०१४ देखि २०२२ को सुरुवातसम्म गरिएको सहायता रकम दुई अर्ब ७० करोडको तुलनामा अत्यधिक धेरै हो।
किएभस्थित पूर्व अमेरिकी राजदूत जोन हर्बस्टका अनुसार यो एक “महत्त्वपूर्ण प्रगति” हो र यसले विगतका कमीकमजोरीहरूलाई सम्बोधन गर्छ।
“यहाँ राष्ट्रपति बाइडन र उनको समूहले युक्रेनलाई सहायता प्रदान गर्न नचाहेकोबारे कुनै संशय छैन,” हर्बस्टले भने।
“र उनीहरूले सैन्य सहायता, सहयोगको दबावको राम्रोसँग सामना गरेका छन्। BBC







