April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

रुसलाई सहयोग गरेको भन्दै अमेरिकाले दियो चीनलाई चेतावनी

काठमाडौं, रुसलाई सहयोग गरेको भन्दै अमेरिकाले चीनलाई चेतावनी दिएको छ । सोमबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पिसाकीले चीनले रुसलाई विभिन्न प्रकारको सहयोग दिइरहेको भन्दै गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले रुसलाई विभिन्न माध्यमले सहयोग गरेको भन्दै अमेरिकाले चेतावनी दिएको हो । पिसाकीले आफ्ना मित्रशक्तिसँग मिलेर प्रतिवद्ध भई पछिल्लो अवस्थामा अगाडि बढ्ने बताए ।

यसैगरी अमेरिकी राष्ट्रपति जो वाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभन र चिनियाँ राजदूत याङ जिचीबीच रोममा भेटवार्ता भएपछि ह्वाइट हाउसले चीनलाई चेतावनी दिएको हो ।

यस्तै चीन र रुसबीच निकट सम्बन्ध छ । युक्रेनमाथि रुसी हमलाको चीनले विरोध गरेको छैन ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको