बेलायतद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

लन्डन, बेलायतले मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सबै सांसदहरुले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई समर्थन जनाएका थिए ।उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले जनाएको छ ।
यसैगरी फेब्रुवरीमा पूर्वी युक्रेनमा बिखन्डनकारीको नियन्त्रणमा रहेको लुहान्स्क र दोनेत्सक क्षेत्रलाई मान्यता दिएका थिए । सो मान्यता रुसी युद्धका लागि बहाना बनेको विदेश मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनलाई धनाढ्य रुसीहरू विरुद्ध कारबाही गर्न ढिलाइ गरेको र सोभियत संघको पतन पछि लन्डन हुँदै पार भएको रुसी पैसामा आँखा चिम्लिएको आरोप लागेको थियो ।एजेन्सी
प्रतिकृया दिनुहोस्