June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

दुई सातामै मारिए ६ हजार रुसी सैनिक

काठमाडौं, युक्रेनमा रुसले धावा बोलेपछि दुई साताको अवधिमा करिब ६ हजार रुसी सैनिकको मृत्यु भएको अमेरिकी अधिकारीहरूले आकलन गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमक अनुसार ५ देखि ६ हजार रुसी सैनिकको मृत्यु भएको आकलन गरेको
छ । मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५,००० देखि १८,००० भएको बताइएको छ ।

यसैबीच प्रायः युद्धमा घाइते सैनिकको सङ्ख्या मृतकको सङ्ख्याभन्दा तीनगुना हुने गर्छ । एक अमेरिकी अधिकारीका अनुसार हताहत हुने रुसी सैनिकको अनुमानित सङ्ख्याले रुसले ठूलो क्षति बेहोर्नुपरेको देखिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको