रुसले युक्रेनमा जैविक हतियारको योजना गर्न सक्ने ह्वाईट हाउसको आशंका

न्युयोर्क, रुसले युक्रेनमा रसायनिक वा जैविक हतियारको योजना गर्न सक्ने अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाईट हाउसले आशंका गरेको छ । रुसले जैविक हतियारको योजना गर्न सक्ने आशंका गर्दै त्यसतर्फ सतर्क रहन ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले आग्रह गरेकी हुन् ।
यसैगरी ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले अमेरिकी जैविक हतियार प्रयोगशाला र युक्रेनमा रासायनिक हतियार विकासको बारेमा रुसको दाबी भने निराधार भएको बताइन ।
उक्त झुटो दाबी अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने एउटा ‘स्पष्ट रणनीति’ भएको उनको भनाई छ । पश्चिमेली अधिकारीहरुले रुसले जैविक हमला गरेको हुन सक्ने आशंका जनाइरहेका बेला उनको भनाई आएको हो ।एजेन्सी
प्रतिकृया दिनुहोस्