June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गरेका व्यक्तिको मृत्यु

काठमाडौं, सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको दुई महिनापछि मृत्यु भएको छ । ८ मार्चको दिन डेभिड बेनेटको मृत्यु भएको ।

यसअघि अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरुले ७ जनवरीमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल हुनुलाई चिकित्सा क्षेत्रकै ठूलो सफलता मानिएको थियो ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, “केही दिनयता उनको स्वास्थ्य अवस्था बिग्रिंदै गएको थियो । तर अन्तिम घण्टासम्म पनि आफ्ना परिवारका सदस्यहरुसँग कुराकानी गरेका थिए । उनलाई निको हुँदैन भन्ने जान्दाजान्दै पनि उनको उपचार जारी राखिएको थियो ।” एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको