रुसले युक्रेनको सुमीमा हवाई हमला गर्दा दुई बच्चासहित ९ जनाको मृत्यु

कीभ, रूस युक्रेन युद्धको १३ औं दिनमा पनि युक्रेनमा रुसको आक्रमण जारी छ । युक्रेनी सहर सुमीमा रुसले बम प्रहार गरेको थियो । यस आक्रमणमा करिब नौ जनाको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमक अनुसार मंगलबार रूसले कीभ, चेर्निहिभ, सुमी, खार्किभ र मारिउपोल सहरहरूमा मानवीय कोरिडोर खोल्न युद्धविराम घोषणा गर्यो । जसमा अधिकांश रुटहरू रुस वा यसको सहयोगी बेलारुसतर्फ गए । तर, युक्रेनले रुसको यो कदमलाई पब्लिसिटी स्टन्ट भनेको छ ।
यसैगरी युक्रेनले रुसले लगातार आक्रमण गरिरहेको बताएको छ भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना विशेष सैन्य कारबाहीको घोषणा गरेपछि संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी देशहरूले रुसमाथि धेरै प्रतिबन्धहरू लगाएका छन् ।
केन्द्रीय पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले रुस र युक्रेनबीच जारी युद्धका कारण भारतमा तेलको अभाव हुन नदिने बताएका छन् । अबको जुनसुकै निर्णय लिने र जनताको हितलाई ध्यानमा राख्ने बताएका छन् ।एजेन्सी
प्रतिकृया दिनुहोस्