May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

रुसी आक्रमण विरुद्ध लडाइँ जारी राख्न जनतालाई युक्रेनी राष्ट्रपतिको आग्रह

काठमाडौं, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनका जनतालाई रुसी आक्रमण विरुद्ध लडाइँ जारी राख्न आग्रह गरेका छन् । शनिबार राति किभबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनतामा उत्साह बढाउँदै अब जवाफ दिने समय आएको बताएका छन् भने युक्रेनलाई थप लडाकु विमान उपलब्ध गराउन अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अपिल गरेका छन् ।

अमेरिकालाई रुसी निर्मित लडाकु विमान उपलब्ध गराउन आग्रह गर्दै यी विमानहरू युक्रेनी पाइलटहरूले सञ्चालन गर्न सक्ने उनको भनाई छ ।

युक्रेनलाई मिग लडाकु विमानहरू दिनका लागि अमेरिकी अधिकारीहरू पोल्याण्डका नेताहरूसँग सम्पर्कमा रहेको बताइएको छ । यसैगरी पोल्याण्डले बिस्तारै सोभियत युगका लडाकु विमानहरूको प्रयोग बन्द गर्दैछ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको