May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

रुस र अमेरिकाले पछिल्ला प्रतिबन्धबारे वार्तालाई निरन्तरता दिने

काठमाडौं, रुस र अमेरिकाले पछिल्ला प्रतिबन्धबारे वार्तालाई निरन्तरता दिने भएका छन् । रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार मस्को र वाशिङ्टनले वर्तमान भूराजनीतिक अवस्थाको पृष्ठभूमिमा वार्ताका केही माध्यम कायमै राखेको छ ।

प्रवक्ता दिमित्रीले अमेरिकासँग वार्ताका केही माध्यमहरू कायम भएको बताएका छन् । युरोपेली सङ्घ, बेलायत, अमेरिका र क्यानडाले आफ्नो आकाशमा रुसी विमान उड्न प्रतिबन्ध लगाएका छन् ।

रुसले समेत जवाफी प्रतिबन्ध लगाएको छ । यसअघि रुस र युक्रेनबीच भएको दुई चरणको शान्तिवार्ता भने असफल भएको थियो । युक्रेनमा रुसले आक्रमण गरेको विरोधमा प्रतिबन्ध र प्रदर्शन बढ्दै गएका छन् ।

यसैगरी थाइल्यान्ड, इङ्ग्ल्यान्ड, क्रोयसिया, स्वीट्जरल्यान्डलगायतका देशमा विरोधमा प्रदर्शन भइरहेका छन् भने सर्बियामा रुसको पक्षमा प्रदर्शन भएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको