रुसद्वारा युद्धविरामको घोषणा, सर्वसाधारणका लागि मानवीय करिडोर खोल्ने

काठमाडौं, रुसले युद्धविरामको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका संवाददाता जेम्स वाटरहाउसले रुस र युक्रेनबीच जारी युद्धको दसौं दिनमा रसियाले युद्धविरामको घोषणा गरेको बताएका हुन् ।
उनका अनुसार रूसी रक्षा मन्त्रालयले रूसी सेनाले मस्कोको समय १० बजे आक्रमण रोक्ने बताएको छ । सर्वसाधारणहरूलाई मद्दत गर्न मानवीय कोरिडोरहरू खोल्न सकियोस् भनेर उक्त कार्य गरिएको हो ।
यस मार्फत, मारिउपोल र भोल्नोभाका सहरका नागरिकहरूलाई मद्दत गरिनेछ भने रुसी सरकार समर्थित मिडिया स्पुतनिकले पनि यो युद्धविराम ६ बजेदेखि लागू हुने जनाइएको छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्