June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

अमेरिकामा टिकटकले मानसिक स्वास्थ्यमा असर गरेको भन्दै छानविन टोली गठन

वासिङ्टन, संयुक्त राज्य अमेरिकामा टिकटकको प्रयोगले अमेरिकी बालबालिकाको मानसिक स्वास्थ्यमा असर पर्न थालेपछि छानविन टोली गठन गरिएको छ ।

गठित टोलीहरूले टिकटकको प्रयोगको उमेर निर्धारण गर्नेछन् । यसबारे छानबिन गर्न अमेरिकाको क्यालिफोर्निया, फ्लोरिडा, केन्टकी, म्यासाचुसेट्स, नेब्रास्का, न्यू जर्सी र भर्मोन्टका सात राज्यमा महान्यायाधिवक्ताको छानबिन टोली गठन गरिएको छ ।

महान्यायाधिवक्ताको सो टोलीले टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने प्रभावको पनि जाँच गर्नेछ भने टिकटक कम्पनीले सञ्चालनका लागि उपभोक्ता संरक्षण ऐनको उल्लंघन गरिरहेको छ कि छैन भन्ने पनि छानविन गरिने छ ।

यस्तै आर्थिक वर्ष २०२३ सम्ममा सामाजिक सञ्जालबाट मानसिक स्वास्थ्यमा परेको असरबारे छानबिन गर्न ह्वाइट हाउसबाट ५० लाख डलर बजेट विनियोजन गरिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको