सन् २०२२ मा चिनले रक्षा बजेट ७.१ प्रतिशतले बढाउने

काठमाडौं, चीनले सन् २०२२ मा आफ्नो रक्षा बजेट ७.१ प्रतिशतले बढाउने शनिबार घोषणा गरेको छ। अमेरिकापछि सबैभन्दा धेरै रक्षा बजेट चीनको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर (करिब १७ हजार ५७७ अर्ब रुपैयाँ) विनियोजन गरेको सरकारी बजेट प्रतिवेदनले देखाएको छ ।
यसैगरी चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सको अंग्रेजी वेबसाइटले विज्ञहरूलाई उद्धृत गर्दै सकारात्मक आर्थिक वृद्धि र बढ्दो सुरक्षा खतराका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको जनाएको उल्लेख गरेको छ।
यसअघि २०२१ मार्चमा चीनले २०९ अर्ब डलरको रक्षा बजेट प्रस्तुत गरेको थियो । अघिल्लो वर्ष चीनको रक्षा बजेट ६.८ प्रतिशतले बढेको थियो भने सन् २०२० मा कोरोनाका बाबजुद ६.६ प्रतिशतले बढेको थियो ।एजेन्सी
प्रतिकृया दिनुहोस्