संयुक्त राष्ट्रसंघद्वारा पेशावरमा भएको आत्मघाती विस्फोटको निन्दा

काठमाडौं, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको पेशावर शहरमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको आत्मघाती विस्फोटको निन्दा गरेका छन् ।
उनले भनेका छन्, ‘प्रार्थनागृहरू आश्रयस्थल हुनुपर्छ, आक्रमणको निशाना होइन । म पाकिस्तानको पेशावरको मस्जिदमा शुक्रबारको नमाजको क्रममा भएको भयानक र दुखःद आक्रमणको निन्दा गर्दछु। आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति मेरो संवेदना र पाकिस्तानका जनताप्रति मेरो ऐक्यबद्धता छ ।’
शुक्रबार शिया मस्जिदमा भएको विस्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने १९४ जना घाइते भएका थिए । सो घटनालाई आत्मघाती हमला भन्दै त्यहाँका अधिकारीहरूले शुरुमा दुईजना आक्रमणकारी संलग्न रहेको बताएका थिए ।
यसैगरी पछिल्लो समय सार्वजनिक गरिएको सिसिटिभि फुटेजले कालो शल्वार कमिज लगाएका एक्लो आक्रमणकारी शहरको किस्सा ख्वानी बजारमा रहेको मस्जिदमा पैदल प्रवेश गरेको र पेस्तोल बोकेको देखाइएको डन अखबारले रिपोर्ट गरेको छ । एजेन्सी
प्रतिकृया दिनुहोस्