युक्रेनको परमाणु केन्द्रमा आक्रमण: विश्व नेताहरूद्वारा रुसको निन्दा

रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्।
रुसले हमला गरेपछि युक्रेनको जापोरिज्यास्थित युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो।
युक्रेनको आपत्कालीन सेवा निकायले आगो निभाएको थियो।
सो आगो परमाणु केन्द्रको परिसर बाहिर रहेको भवनमा लागेको थियो। पछि रुसी फौजले उक्त केन्द्र कब्जामा लिए।

यूकेका प्रधानमन्त्री बोरिस जोन्सनले रुसको ‘लापरवाहपूर्ण’ हमलाले‘पूरै युरोपको सुरक्षाका प्रत्यक्ष खतरा’ आइपर्ने बताए।
अमेरिकी राष्ट्रपति जो बाइडनले मस्कोलाई उक्त केन्द्र वरपर सैन्य गतिविधि रोक्न भनेका छन्।
क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले रुसबाट भइरहेका ‘भयानक’ हमला तत्काल रोकिनुपर्ने बताएका छन्।
प्रतिकृया दिनुहोस्