अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्कन तालिवानको आह्वान

काबुल, अफगान कार्यवाहक सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्कन आह्वान गरेका छन् । बिहीबार उनले काबुलमा आयोजित राष्ट्रिय निजी क्षेत्र सम्मेलनमा सो टिप्पणी गरेका हुन् ।
अन्तरास्ट्रिय सञ्चारमाध्यमक अनुसार “बरादारले विदेशमा रहेका अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्केर यहाँ लगानी गर्न आह्वान गर्नु भएको जनाइएको छ । लगानीकर्ता र उनीहरूको सम्पत्तिको सुरक्षाको प्रत्याभूति हुनेछ,’ त्यहाँका सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बरादारले भनेका छन्, ‘अन्तर्राष्ट्रिय नाकाबन्दीहरु दिनप्रतिदिन खुकुलो हुँदै गइरहेको छ र उद्योग, व्यापार र लगानीमा थप सुविधा दिने प्रयास भइरहेको छ, आर्थिक अवस्था सुधार्ने प्रयास भइरहेको छ ।’
यसैगरी मंगलबार, विश्व बैंकको सञ्चालक समितिले अफगानिस्तान पुनर्निर्माण ट्रस्ट कोषको १ अर्ब अमेरिकी डलर स्थिर नराख्र्ने निर्णय गरेको छ । गत अगस्ट १५, २०२१ मा तालिबानले कब्जा गरेपछि सो रकम फ्रिज गरिएको दा अफगानिस्तान बैंक (डिएबी) ले जनाएको छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्