युक्रेनमाथिको सैन्य कारबाही हामीले योजना अनुसार नै गरेका हौँ: पुटिन

मस्को, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बिहीबार बताए । रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राखेका हुन् ।
उनले भने, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ । हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्था्त सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ ।’
यसैगरी उनले रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको पनि बताए ।
रुसी सेनाले ठूलो काम गरेको र निकै साहसी काम गरेकोले आफुहरु सफल भएको उनको भनाई छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्