May 22, 2025, Thursday
२०८२ जेष्ठ १०, शुक्रबार

युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा रुसको आक्रमण

काठमाडौं, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताएका छन् ।

उनले विश्व समुदायसँग सहयोगको अपिल समेत गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्विटरमा पोस्ट गरिएको एक भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट खतरामा रहेको बताएका छन् ।

रुसी बलले जानीबुझी आणविक पावर प्लान्टलाई निसाना बनाइरहेको जेलेन्स्कीले भनेका छन् । उनले सन् १९८६ मा चेर्नोबिल आणविक घटनाबारे उल्लेख गर्दै जापोरिज्याको आणविक प्लान्टमा केही घटना भए त्यसको नतिजा नराम्रो हुने बताए ।एजेन्सी