युक्रेनमा जारी रक्तपात तत्काल अन्त्य गर्न रुसलाई अमेरिकाको दबाब

वासिङ्टन, अमेरिकी विदेश मन्त्रालयले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई तत्काल रक्तपात अन्त्य गर्न र युक्रेनी भूभागबाट आफ्ना फौज फिर्ता गर्न आह्वान गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुटिनलाई यस्तो आह्वान गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विज्ञप्तिमा रसियाले स्वतन्त्र समाचार आउटलेटहरूमा पहुँच रोकेर ‘मिडिया स्वतन्त्रता र सत्यमा पूर्ण आक्रमण’ गरेको आरोप पनि लगाएको छ ।
यसैगरी रुसको ट्विटर, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालका प्लेटफर्महरूमाथि छुरी धसेकोसमेत अमेरिकाले आरोप लगाएको छ ।
रुसी सेनाले युक्रेनको एक सहरलाई कब्जा गरेकोमा दर्जनौंको मृत्यु भएको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकाले यस्तो विज्ञप्ति सार्वजनिक गरेको हो । एजेन्सी
प्रतिकृया दिनुहोस्