कोरोना प्रभाव: डिप्रेसनका बिरामी २५ प्रतिशतले बढेको डब्लूएचओको दाबी

काठमाडौं, विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका बिरामी बृद्धि भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले बृद्धि भएको हो ।
कोरोन संक्रमणले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापी रुपमा बृद्धि भएको डब्लूएचओको भनाई छ । सन् २०२० मा प्रमुख डिप्रेसिभ डिसअर्डरका केसहरुमा २७ दशमलब ६ प्रतिशतले बृद्धि भएको थियो ।
डब्लूएचओका स्वास्थ्य तथा पदार्थ प्रयोग विभागका ब्रान्डन गे्रले भनेका छन्, ‘आकारका हिसाबले यो निकै ठूलो बृद्धि हो ।’ मानिसको मानसिक स्वास्थ्य र खुसीले कोभिडको १९ को ठूलो प्रभाव रहेको ब्रिफिङले देखाएको उनले बताए ।
यसैगरी उच्च दैनिक संक्रमण दरको सन्दर्भमा कोभिडले ठूलो असर गरेको स्थानमा बृहत बृद्धि देखिएको थियो । पुरुषभन्दा महिला तथा किशोरीहरु कोरोनाबाट प्रभावित भएका थिए ।एजेन्सी
प्रतिकृया दिनुहोस्