रुस–युक्रेन युद्ध: ४९८ रुसी र ८७० युक्रेनी सेनाको मृत्यु

काठमाडौं, पछिल्लो समयदेखि जारी रुस–युक्रेनमा युद्धमा ४९८ रुसी सेना मारिएको छ । युक्रेनमा आक्रमण गरेको आठौं दिनसम्म त्यहाँ हमला गर्न गएका एकहजार ५९७ जना रुसी सेना घाइते भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमक अनुसार रक्षामन्त्री इगोर कोनासेन्कोभले रुसी सेनालाई गुमराहमा राख्न नियोजित ढंगले युक्रेनले अस्वाभाविक रिपोर्ट सार्वजनिक गरेको भन्दै सो रिपोर्ट अस्विकार गरेका छन् ।
यता, युक्रेनले आक्रमणमा आएका धेरै रुसी सेनाको ज्यान गएको बताएको थियो भने मस्कोले हताहति भएको स्विकार गरे पनि संख्या नबताएको उल्लेख गरेको छ ।
यस्तै प्रवक्ताका अनुसार दुईहजार ८७० युक्रेनी सेनाको मृत्यु भएको र अन्य तीन हजार सात सय घाइते भएको जनाएको छ । यस्तै, ५७२ युक्रेनी सेनालाई बन्धक बनाएको छ ।
सो विषयमा युक्रेनी अधिकारीले रुसी दाबीबारे कुनै प्रतिक्रिया नजाएका कारण स्वतन्त्र पुष्टि भएको छैन । उता, युक्रेनी राज्य आपतकालिन सेवाले दुईहजार भन्दा बढी सर्वसाधारण युक्रेनी जनता रुसी आक्रमणमा मारिएको दाबी गरे पनि पुष्टि हुन बाँकी छ । एजेन्सी
प्रतिकृया दिनुहोस्