May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

युरोपेली संघमा समावेश गराउन युक्रेनको अपिल

युक्रेनका राष्ट्रपति भोलोमिदिर जेलेन्स्कीले आफूलाई तत्काल युरोपेली संघमा समावेश गर्न आग्रह गरेका छन् ।‘हामी युरोपेली संघलाई नयाँ कार्यविधि अपनाएर युक्रेनलाई तुरुन्तै स्वीकार गर्न अपिल गर्छौँ,’ जेलेन्स्कीले आफ्नो पछिल्लो भिडियो मेसेजमा भने ।

‘हामीलाई साथ दिने हाम्रा पार्टनरप्रति हामी असाध्यै आभारी छौँ तर हाम्रो उद्देश्य भनेको समग्र युरोपेलीसँगै हुनु हो र उनीहरु सरह हुनु हो । मलाई लाग्छ हामी यसको लायक छौँ । म पक्का छु कि यो सम्भव छ ।’

जेलेन्स्कीले आफूले आइतबार पोर्चुगल र लिथुआनिया, फ्रान्स र पोल्याण्डका राष्ट्रपति र बेल्जियम, स्पेन र युनाइटेड किङ्डमका प्रधानमन्त्रीसँग कुराकानी गरेको बताए । ‘हाम्रो युद्ध विरोधी गठबन्धको समर्थन अभूतपूर्व छ,’ जेलेन्स्कीले भने ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको