June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

रुसी सेनासँग लड्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन,स्वयंसेवकलाई बन्दुक दिइयो

रुसी सेना राजधानी किभतर्फ अघि बढिरहँदा रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको छ । युक्रेनको आन्तरिक मामिला मन्त्रालयले यस्तो जनाएको बीबीसीले उल्लेख गरेको छ ।

किभका नगरप्रमुखले यसअघि नै सहर रक्षात्मक चरणमा प्रवेश गरिसकेको बताएका थिए । सरकारले रुसी फौजसँग प्रतिवादका लागि हतियार बोक्न तथा आफ्नो तर्फबाट सक्दो योगदान गर्न नागरिकहरूलाई आग्रह गरेको बिबीसीले उल्लेख गरेको छ ।

यसैबीच आन्तरिक मामिला मन्त्रालयले राजधानी सहरको रक्षाका लागि स्वयंसेवकहरूलाई १८ हजार थान मेसिनगन प्रदान गरेको जनाएको छ ।रुसले बिहीबार बिहानबाट युक्रेनमा आक्रमण थालेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको