May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

वार्ताबाट सङ्कट समाधान गर्न पुटिनलाई राष्ट्रपति सीको सुझाव

पश्चिमा देशहरू रुसविरुद्ध एकबद्ध भएको बेला चीनले युक्रेनमाथि गरेको रुसी आक्रमणको खासै निन्दा गरेको छैन।

शुक्रवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा भएको कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिन्पिङले वार्ताको माध्यमबाट युक्रेन सङ्कट समाधान गर्न चीनले रुसलाई समर्थन गर्ने बताएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ।

युक्रेन-रुस तनावका कारण विभिन्न मोर्चामा चीनसमक्ष चुनौतीहरू उत्पन्न भएका छन्।

चीनमा हुन लागेको ग्रीष्मकालीन ओलिम्पिक्समा सहभागी हुने विश्वका प्रमुख नेताहरूमध्ये रुसी राष्ट्रपति पुटिन पनि एक हुने ठानिएको छ।

त्यसबाट दुई देशबीच विद्यमान घनिष्ठ कूटनीतिक सम्बन्ध दर्साउँछ।

यसअघि चिनियाँ विदेशमन्त्रीले रुसले युक्रेनमाथि आक्रमण गरेको स्वीकार गरेका थिएनन्।

शीर्ष समाचार

धेरै पढिएको