बेलायतकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन ९
लन्डन, फागुन ९ गते । बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड–१९ सङ्क्रमित हुनुभएको छ । तर उहाँमा सङ्क्रमणको लक्षण भने ‘हल्का’ छ । अहिले उहाँ आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहनुभएको छ ।

महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि उहाँ सङ्क्रमित हुनुभएको खबर बाहिरिएको हो। ‘बकिङ्घम दरबारले विज्ञप्तिमार्फत उहाँ सङ्क्रमित हुनुभएको पुष्टि गरेको छ ।’ उहाँले हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहनुभएको बताइएको छ ।उहाँले कोभिडविरुद्धको खोप भने लगाइसक्नुभएको छ।
शीर्ष समाचार
- सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार
- लिग सकेरमात्र खेलाडी राष्ट्रिय टोलीमा पठाउने
- दश वर्षमा भारतले दश हजार मेगावाट बिजुली खरिद गर्ने
- साताको अन्तिम कारोबार नेप्सेमा दोहोरो अंकको वृद्धि
- कर्णालीमा २४ प्रतिशत नागरिक अझै साक्षर हुन बाँकी
धेरै पढिएको
-
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बजेट प्रस्तुत (पूर्णपाठ)
२०८० जेष्ठ १५ -
सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार
२०८० जेष्ठ १८


प्रतिकृया दिनुहोस्