April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

रुससँग युद्धका लागि युक्रेन तयार अवस्थामा

युक्रेनको राष्ट्रवाद छिमेकी रुसविरोधी भएको छ । रुस विरोधीको हातमा सत्ता छ । युक्रेनीहरु रुससँग युद्धका लागि तयार अवस्थामा छन् । त्यहाँ अमेरिकालगायत नाटो देशहरुले हतियार पुर्याएका छन् । तर, छिमेकी रुससँगको टकरावले युक्रेनले धेरै गुमाइसकेको छ र यो क्रम चलिरहेको छ ।

पूर्व सोभियत राष्ट्र युक्रेन नाटोमा सदस्य बन्न चाह्यो । तर, रुस त्यसमा बाधक बन्यो । रुसले आफूसँग जोडिएका जुन जुन देश नाटोमा आवद्ध भए र हुन खोजे तिनलाई अप्ठ्यारोमा पारिदियो । आफ्नो कित्ताबाट जो जो अर्को कित्तामा जान खोजे तिनलाई विभिन्न माध्यमले चुनौती दियो ।

पश्चिम यूरोपसम्म ग्याँस बेच्ने रुसको योजनामा छिमेकी देश भएर जाने मार्ग रोकिने भए । उसले विकल्पमा समुन्द्री मार्ग रोज्यो । समुन्द्रमुनी ग्याँस पाइपलाइन बिच्छ्यायो । अब उसले जर्मनीमा निकै कम मूल्यमा ग्याँस आपूर्तिका लागि ठिक्क पारेको छ । त्यसले युक्रेन, पोल्यान्ड जस्ता देशको आम्दानीको स्रोतमा ठूलो धक्का पर्न जाने भयो । यसकारण अमेरिकाले उक्त ग्याँस पाइपलाइनलाई चुनौती ठान्यो ।

सामरिक महत्वको युक्रेनमा छिमेकी रुस र उसको प्रतिष्पर्धी अमेरिकालगायत यूरोपका कतिपय मुलुकहरुको स्वार्थ बाझियो । रुसले युक्रेनमा आफ्नो प्रभाव गुम्न दिन अनेकन रणनीति चाल्यो । त्यहाँ रुसनिकट नेतालाई सत्तामा ल्याउन खोज्यो । रुसको सावैभौमसत्तामाथिको हमला भन्दै अमेरिकाले चेतावनी दिइरह्यो । युक्रेनले रुस र अमेरिकाको टकरावलमा ठूलो आर्थिक क्षति भोगिसकेको थियो । सन् २०१४ मै क्रिमियामाथि रुसले प्रभाव जमायो ।

युक्रेनको भूगोल खिइरह्यो । रुसविरोधी राष्ट्रवाद जति जति बलियो भयो उति उति उसले युक्रेनको भूगोलमाथि नियन्त्रण कायम गर्ने देखि विभाजनका रणनीतिक योजनाहरु बढाइरह्यो । युक्रेनले फेरि केही भूभाग गुमाउने अवस्था बनेको छ ।

युक्रेनका रुसी मूलका बासिन्दा बाहुल्य क्षेत्रमा पृथकतावादी बलियो भयो । रुबाट अलग भएको घोषणा गरेको लुगान्स्क पिपल्स रिपब्लिकका प्रमुख लिओडेड पासेचनिकले हतियार चलाउन सक्ने उमेर समूहका नागरिकलाई युक्रेनविरुद्ध संगठित हुन आव्हान गरेका छन् ।१८ देखि ५५ वर्ष उमेर समूहलाई लुगान्स्क क्ष्ँोत्रमा संगठित गराइएको छ ।

युक्रेनको लुआन्स्क र डोनेन्ट्स्क युक्रेनेको विद्रोहीको क्षेत्र हो । ३५ लाख जनसंख्या रहेको दुईवटा विद्रोहीको क्षेत्रलाई सन् २०१४ मा रुसनिकट सरकार ढलेपछि दुई भागमा विभाजित गरिएको थियो । त्यसयता ७ लाखभन्दा बढी नागरिक रुसी नागरिकता लिन पुगेका थिए । त्यहाँ युक्रेनबाट अलगको प्रयासहरु चल्दै आएको छ । पछिल्लो टकरावले यसलाई मजजल प्रदान गरेको छ ।

रुसको स्वार्थ
रुसले पूर्व सोभियत राज्यहरुमा अमेरिका र उसको मित्र शक्तिहरुको उपस्थिति देख्न चाहेन । युक्रेनलाई सामरिक महत्वको देश मानेको रुसका लागि अमेरिका र नाटो राष्ट्रहरु चुनौती बनेर तेर्सिए । युक्रेन नाटोमा सहभागी हुनु भनेको रुसका लागि धक्का हुने ठान्यो । यसकारण उसले युक्रेनमाथि हस्तक्षेपकारी गतिविधिहरु गर्न थाल्यो ।

युक्रेनको दुईतर्फ रुसको सीमा जोडिएको छ । अर्कोतर्फ, रुसले नियन्त्रण बनाएको क्रिमिया र समुन्द्र छ । रुसकै प्रभाव रहेको बेलारुस पनि जोडिएको छ । पोल्यान्ड, स्लोभेकिया, हंगेरी, रोमानिया, मोल्डोभा पनि युक्रेनसँग जोडिएको छ । पूर्व यूरोपको दोस्रो ठूलो देश युक्रेन यसकारण पनि रुसका लागि सामरिक महत्वको क्षेत्र भएको छ ।

अमेरिकासहित पश्चिमा देशहरु रहेको नाटो शक्ति छ । जसमा ३० देश आवद्ध छन् । सैन्य साझेदारी समेत रहेको यो शक्तिमा रहेका पोल्यान्ड, हंगेरी, स्लोभेकिया, रोमानिया नाटोमा आवद्ध भइसकेका छन् । आफूसँग सीमा जोडिएको युक्रेन पनि नाटोमा आवद्ध हुनु भनेको रुसका लागि सैन्य चुनौती हो भन्ने मस्कोको बुझाई देखिन्छ । यसकारण उसले युक्रेनलाई नाटोमा आवद्ध हुनबाट रोक्न खोजिरहेको छ । नाटो राजनीतिक र सैन्य एलाइन्स हो भन्ने स्पष्ट उल्लेख छ । सदस्य राष्ट्रहरुको सुरक्षामा राजनीतिक र सैन्य माध्यमले सुनिश्चित गर्ने उल्लेख छ । यसकारण पनि युक्रेन नाटोमा आवद्ध हुनु रुसका लागि चुनौती बनेको हुनसक्छ । अमेरिकासहित यूरोपका शक्तिशाली देशहरु बेलायत, फ्रान्स, जर्मनीलगायतको छातामा युक्रेन पुगे सैन्य खतरा बढ्ने विश्लेषणहरु भएका छन् ।

सामरिक महत्वको युक्रेनमा अमेरिका र नाटोको प्रभावलाई रुसले आफूलाई घेर्ने रणनीतिका रुपमा उल्लेख गरेको छ । रुसी मिडियाले अमेरिकाले युक्रेनलगायत छिमेकी देशहरुबाट आफूलाई घेर्न खोजेको भन्दै प्रस्तुती गरिरहेका छन् ।

शक्तिराष्ट्रको क्रिडास्थल
युक्रेन गृहयुद्धको दलदलमा फस्ने खतरा बढ्दै गएको छ । उसले छिमेकी रुसको सामरिक स्वार्थलाई चुनौती दिइरह्यो । यसले पश्चिमा शक्तिलाई फाइदा त पुग्यो तर युक्रेन आफै संकटको सामना गरिरहेको छ ।

रुसले पुनः शक्ति आर्जन गर्दै नोर्ड स्ट्रिम भनिने ग्याँस पाइपलाइनमार्फत् यूरोपमा प्रभाव बढाउन खोजेको विषय नउठेको होइन । यूरोपलाई नै राजनीतिक रुपमा रुसले प्राकृतिक स्रोतका माध्यमले विभाजन गर्न खोजेको आरोप समेत खेपिरहेको छ । विशेषगरी समुन्द्री मार्गबाट जर्मनीसँग ग्याँस पाइपलाइन निर्माण गरेपछि रुस प्रभावशाली बन्यो । उक्त पाइपलाइनप्रति अमेरिका र युक्रेन विरोधी देखिए ।

यही पाइपलाइनले यूरोपमा रुस प्रभावशाली हुने तर्क गरे । रुसको ग्याँस यूरोपमा सस्तो मूल्यमा पुग्दा युक्रेनले मात्र वार्षिक १ अर्ब २० करोड डलर वर्षेनी गुमाउने भयो ।

१२३० किलोमिटर लामो पाइपलाइनबाट पूरा ग्याँस आपूर्ति भएमा जर्मनीलाई अहिलेको भन्दा दोब्बर बढी ग्याँस पुग्नेछ । अर्कोतपर्ः, रुसले २० प्रतिशतले मात्र यूरोपमा ग्याँस आपूर्ति बढाएमा ५० प्रतिशत मूल्य घटाउने भनेको छ । जर्मनी सस्तो मूल्यमा रुसको ग्याँस प्रयोग पाउने भएबाट उत्साही भएको छ । योसँगै रुसको पश्चिम यूरोपमा प्रभाव बढ्ने अवस्था विकास भएको छ ।

सोभियत संघ हुँदा वारसा प्याक्ट देशहरु थिए । जसमा पूर्वी यूरोपका देशहरु आवद्ध थिए । अमेरिकासहितको पश्चिम यूरोपका देशहरुको संगठन नाटो छँदै थियो । जसले अहिले पूर्वी यूरोपसम्म पनि प्रभाव विस्तार गरिसकेको छ । कुनैबेला सोभियत संघ नेतृत्वको वारसा आवद्ध देशहरु चेक रिपब्लिक, हंगेरी, पोल्यान्ड नाटोमा आवद्ध भए । बल्गेरिया, रोमानिया, स्लोभाकिया, स्लोभेनियाका अलावा पूर्वी सोभियत राज्यहरु इस्टोनिया, लाट्भिया, लिथुआनिया पनि नाटोमा आवद्ध भए । नाटो विस्तार हुँदै गएपछि रुस झस्कियो ।

क्रेमलिन रुसका लागि प्रतिष्ठाको विषय बन्न पुग्यो । यसको ऐतिहासिक र भूराजनीतिक महत्व छँदैथियो । क्रेमलिन समेत रहेको युक्रेन नाटोमा आवद्ध हुनु रुसका लागि धक्का हुन्थ्यो । रुसले आफ्नो सीमा जोडिएका कुनै पनि यूरोपेली देशहरु नाटोमा आवद्ध भएकोमा रुचाएको छैन । उसले यसलाई अमेरिकाको घेराबन्दीका रुपमा बुझ्ने गरेको छ ।

सामरिक महत्वको युक्रेनले भने अमेरिका र रुसको द्वन्द्वको मूल्य चुकाइरहेको छ । आर्थिक चुनौतीहरु झेलिरहेको छ । अर्कोतर्फ, युद्धको खतराले युक्रेन थप संकट भोग्न वाध्य भइसकेको छ । शक्तिराष्ट्रको क्रिडास्थल बन्दा युक्रेन आर्थिक र भौगोलिक रुपमा खिइदै गएको छ ।

शीर्ष समाचार

धेरै पढिएको