भारतमा ३८ जनालाई फाँसीको सजाय

नयाँदिल्ली, भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसी र अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।
यसअघि १३ वर्षदेखि चलेको सो सुनुवाइको क्रममा १ हजार १६३ जनाको बयान लिइएको थियो । भने प्रहरी र कानुन व्यवसायीहरुले ६ हजार भन्दा बढी प्रमाण जुटाएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषी ठहर भएका हुन् । २८ जनाले भने सफाइ पाएका छन् ।
यसैगरी अहमदावादको विशेष अदालतका न्यायाधीश अम्बालाल पटेलले ६ हजार ७५२ पानाको फैसलामा ४९ आरोपीलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्