युक्रेनको सीमाबाट सेना फिर्ता नबाेलाउने रुसको घोषणा

रुस र युक्रेनबीच जारी तनावबीच् रुसी रक्षा मन्त्रालयले एउटा ठूलो घोषणा गरेको छ ।समाचार एजेन्सी इन्टरफेक्सका अनुसार रुसी रक्षा मन्त्रालयले युक्रेनको सीमामा तैनाथ केही सैन्य टुकडी सैन्य अभ्यासमा हिस्सा लिएपछि आफ्नो बेसतर्फ फिर्ता भइरहेको जानकारी दिएको छ ।यद्यपि, यसका साथै रुसमा ठूलो स्तरमा सैन्य अभ्यास जारी हुने पनि बताएको छ ।

अघिल्लो केही महिनादेखि युक्रेनको सीमामा रुसले ठूलो संख्यामा सैनिक तैनाथ गरेको छ । अमेरिकासहित थुप्रै पश्चिमी देशले रुसले युक्रेनमाथि हमलाको तयारी गरिरहेको आरोप लगाउँदै आएका छन् । यद्यपि, रुसले यो अस्विकार गर्दै आएको छ ।थुप्रै देशले रुसले युक्रेनमाथि हमला गरेको खण्डमा यसको गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिँदै आएका छन् ।एजेन्सी