April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

कीभ र मस्कोबीच तनाव बढ्दै, जापानी दूतावासका कर्मचारीले देश छाड्ने

जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीलाई फिर्ता गरिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकलाई तुरुन्तै देश छाड्न आह्वान गरिरहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

किभस्थित जापानी दूतावासले आइतवार आफ्नो अधिकांश कर्मचारी युक्रेन छोड्ने बताएको छ । सीमा नजिक मस्कोको सैन्य निर्माणपछि सम्भावित रुसी आक्रमणलाई लिएर तनाव द्रुततर गतिमा बढिरहेको छ ।

जापानी समाचार एजेन्सीका अनुसार शुक्रबार युक्रेनमा रहेका जापानी नागरिकलाई तुरुन्तै देश छाड्न सल्लाह दिइएको दूतावासले पठाएको इमेलमा उल्लेख गरिएको छ केही कर्मचारी मात्र देशमा रहने भएकाले सोमबारदेखि यसको काम थप सीमित हुनेछ ।

यसैबीच, धेरै देशहरूले युक्रेनबाट सेना फिर्ता गर्न थालेका छन् र नागरिकहरूलाई जतिसक्दो चाँडो देश छोड्न आग्रह गरेका छन् ।वाशिंगटनले केही अमेरिकी सेनालाई युक्रेनबाट बाहिर सारेको छ र शनिबार आफ्ना दूतावासका अधिकांश कर्मचारीलाई बाहिरिन आदेश दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको