May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता, आणविक सम्झौताबारे छलफल

काठमाडौं, जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । जर्मन विदेशमन्त्री अन्नलेना बारबोक र इजरायलका विदेशमन्त्री यायीर लापिदबीच बिहीबार तेल अबिबमा भेटवार्ता भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेटवार्ताका क्रममा उनीहरुका बीचमा इरानी आणविक सम्झौताका बारेमा कुराकानी भएको बताइएको छ ।

सन् २०१५ मा भएको इरान आणविक सम्झौतका बारेमा उनीहरुको भेट केन्द्रित भएको इजरायलको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।

यसैगरी जर्मनीसहित विश्वका पाँच शक्तिसम्पन्न देश र इरानका बीचमा सन् २०१५ मा सो आणविक सम्झौता भएको थियो ।

सो सम्झौता इरानले पालना नगरेको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि आवश्यक मात्रामा केही समय यतादेखि छलफल जारी रहेको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको