आफ्नो समुन्द्री पहुँचलाई रुसले रोक लगाएको युक्रेनको आरोप
काठमाडौं, युक्रेनले आफ्नो समुन्द्री पहुँचलाई रुसले रोक लगाएको आरोप लगाएको छ । बेलारुससंग दश दिने संयुक्त सैन्य अभ्यास शुरु गरेको रुसमाथि यस्तो आरोप लागेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आजोभ सागर पूर्ण रुपमा अवरुद्ध भएको र ब्ल्याक सीको मार्ग रुसी सेनाले विच्छेद गरेको बताएका छन् ।
रुसी कदमले युक्रेनको अर्थतन्त्रका लागि आवश्यक समुद्री यातायातमा बाधा पुग्ने बीबीसीले जनाएको छ । रुसको नौसैनिक अभ्यास आगामी हप्ता युक्रेनको दक्षिणमा पर्ने ब्ल्याक सी र अजोभ सागरमा हुनेछ ।
युक्रेनसंगको विवाद चुलिएका बेला रुसले छिमेकी बेलारुससँग ठूलो सैन्य अभ्यास सुरु गरेको छ । बेलारुस रूसको नजिकको सहयोगी हो र युक्रेनसँग लामो सीमा छ ।
रुसले युक्रेनसंगको सीमामा एक लाखभन्दा बढी सेना तैनाथ गरे पनि युक्रेनमाथि आक्रमण गर्ने योजना बारम्बार अस्वीकार गर्दै आएको छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्