
बोगोटा, कोलम्बियाको पहिरोमा परी १४ जनाको मृत्यु हुनुको साथै ३० जना घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।
घाइतेमध्ये केहीको अवस्था अत्यन्त गम्भीर भएको स्थानीय एक अधिकारीले जनाएको छ ।
देशको पश्चिमी क्षेत्रमा पर्ने रिसाराल्डा अन्तर्गतको डोस्क्वेब्राडासमा घटना भएको हो ।
घटनास्थलमा कैयौ बेपत्ता भएको र उनीहरुको खोजी कार्य भइरहेको छ ।






