March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

अफगानिस्तानको सीमाक्षेत्रमा पाँच जना पाकिस्तानी सैनिकको हत्या

पाकिस्तान र अफगानिस्तानको सीमाक्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तानको अफगानिस्तानसँगको सीमाक्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ ।

अफगानिस्तानतर्फबाट आतङ्ककारीहरुले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका बताइएको छ । पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानसँगको पाकिस्तानी उत्तरी सिमाना खैबर पाक्थुन्क्वामा सो हमला भएको हो ।

पाकिस्तानले आतङ्कवादीहरुले आफ्ना विरुद्धका लागि अफगानिस्तानको भूमि प्रयोग गरेकामा आपत्ति पनि प्रकट गरेको छ ।

साथै पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो सीमा क्षेत्रमा भएको हमलामा परी पाकिस्तानी सेनाको तर्फबाट भएको कारबाहीमा ठूलो सङ्ख्यामा आतङ्ककारीहरु पनि मारिएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको