भारतमा एकैदिन साढे एक लाख बढीमा कोरोना पुष्टि

नयाँदिल्ली, भारतमा एकैदिन कोरोना भाइरसबाट थप एक लाख ६१ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । भारतीय सरकारी अधिकारीहरुका अनुसार बुधबार कोरोनाबाट थप एक हजार ७३३ जनाको मृत्यु भएको छ ।
अघिल्लो दिन एक लाख ६७ हजार ५९ मा संक्रमण देखिएको थियो । सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितको संख्या घटेपनि मृतकको संख्या बढिरहेको जनाएको छ ।
यसैगरी भारतमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या चार करोड १६ लाख ३० हजार ८८५ पुगेको छ । अहिलेसम्म कोरोनाबाट चार लाख ९७ हजार ९७५ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या १६ लाख २१ हजार ६०३ रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पनि दिनप्रति दिन घट्दै गइरहेको छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्