April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

काबुलमा तालिबानद्वारा अधिकारकर्मीसहित तीन बहिनी गिरफ्तार

काबुल, तालिबानले काबुलको एक अपार्टमेन्टमा आक्रमण गर्दै एक महिला अधिकारकर्मी र उनका तीन बहिनीहरूलाई गिरफ्तार गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार तालिबानले महिलाको विरोधको घटनामा दोषी ठहर गर्दै अफगान मूल्यमान्यताको अपमान गरेको भन्दै गिरफ्तार गरेको हो ।

यसैगरी महिला अधिकारकर्मी तमना जर्याबी पर्यानी महिलाहरूका लागि अनिवार्य इस्लामिक हेडस्कार्फ, वा हिजाबविरूद्ध आइतबार तालिबान विरोधी प्रदर्शनमा भाग लिने लगभग २५ जना महिलाहरू मध्ये थिइन् ।

गिरफ्तारीको प्रत्यक्षदर्शी रहेको छिमेकीका एक व्यक्तिले तालिबान गुप्तचर विभागको दाबी गर्दै करिब १० हतियारधारी व्यक्तिले बुधबार राति छापा मारेको बताएका छन् ।

उनी र उनका दिदीबहिनीहरूलाई लगिएको केही समय अघि, पर्यानीको फुटेज सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो । जसमा उनी डराएको र सास फेर्न र मद्दतको लागि चिच्याइरहेको देखाउँदै तालिबानले उनको ढोकामा धकेलिरहेका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको